काठमाडौं, २३ साउन । नेपालमा बितेको २४ घण्टामा थप ५ जनाको कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका ३ जना, सिरहा र सर्लाहीका १÷१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७० पुगेको स्वास्थय मन्त्रालयले जनाएको छ ।