काठमाडौं, २३ साउन । नेपाली बजारमा आजपनि सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १ हजार बढेको जनाएको छ ।
बिहीबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको थियो। बुधबार प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
योसँगै शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ तोकिएको छ।
यसैगरी चाँदी पनि प्रतितोला ६० रुपैयाँले बढको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ६० रुपैयाँ बढेर १४ सय ५ रुपैयाँ कामय भएको छ।
प्रतिक्रिया