काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरीएको छ । ओलीसँगै उनका निकट व्यत्तिहरुको समेत स्वाव संकलन गरीएको हो ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षार्थ खटिएका १० प्रहरीमा बिहीबार कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओली, उनका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो।
प्रतिक्रिया