काठमाडौँ १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नयाँ राजनीतिक ‘कोर्स’ सुरू भएको छ। प्रधिनिधिसभा विघटनविरुद्ध सडकमा दिनहुँ सुनिने विरोधको स्वर सुनिन छाडिएको छ। सडकहरू शान्त छन्। राजनीतिक अस्थिरता तत्कालका लागि टुङ्गिएको छ। अब, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग मुख्यतः दुईवटा विकल्प रहेको कानुन व्यवसायीहरूको मत छ। एक जना कानुन व्यवसायी (वरिष्ठ अधिवक्ता) महेश नेपाल…