काठमाडौँ ११ फागुन । सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन सञ्चालनमा आउने घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् ।
टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिएका छन् ।
टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।
टेलिभिजनको उद्घाटन कार्यक्रममा बिभिन्न कार्यक्रम घोषणा गरिएको छ ।
प्रतिक्रिया