काठमाडौँ १० फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।
८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमै मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतकहरुको मुखबाट फिज आएकाले विषालु च्याउ खाएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । ‘जौबारीबाट थप प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ, पोष्टमार्टमपछि मृत्युको कारण खुल्छ,’ प्रहरी श्रोतले भन्यो ।
प्रतिक्रिया