स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको चार गोलको सहयोगमा पोर्चुगलले युरो कप छनोटमा लिथुआनियामाथि फराकिलो जित निकालेको छ । लिथुआनियाको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रोनाल्डोको ह्याट्रिकसहित ४ गोल गरेपछि पोर्चुगलले ५–१ को सानदार जित निकालेको हो । घरेलु टोलीविरुद्ध खेलको शुरुवातदेखि नै हावी बनेको पोर्चुगलले खेलको सातौ मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट खेलमा अग्रता बनाएको थियो…