एजेन्सी – क्रिस्टियानो रोनाल्डो वर्षका उत्कृष्ट पोर्चुगिज खेलाडी चुनिएका छन् । उनी उत्कृष्ट चुनिएको यो १० औं पटक हो ।
३४ वर्षे सुपरस्टार रोनाल्डोले सन् २००७ यता २०१० र २०१४ मा बाहेक सधै यो अवार्ड जित्दै आएका छन् । २०१० मा सिमाओ र २०१४ मा पेपे उत्कृष्ट बनेका थिए । युभेन्ट्सले लगातार आठौं पटक सिरि ‘ए’ जित्दा रोनाल्डो त्यसको हिस्सा थिए ।
यो अवार्डका लागि उनले एट्लेटिको म्याड्रिडका जाओ फिलिक्स, म्यानचेस्टर सिटीका बेर्नार्डो सिल्भा, स्पोर्टिङ लिस्बनका ब्रुनो फेर्नान्डेज र उल्भका रुविन नेभिसलाई पछि पारेका थिए ।
प्रतिक्रिया