नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई सरकारले पत्राचार गरिसकेकाले निर्धारित मितिमै सम्पन्न हुने बताउनुभएको छ । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद उपसमितिका संयोजकसमेत रहनुभएका श्रेष्ठले १३ औँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा आयोजना हुने खेल पूर्वाधारको बुधबार साँझ निरीक्षण गर्दै सरकारले सागमा सहभागिता जनाउने राष्ट्रलाई पत्राचार गरेको र सातवटै राष्ट्रबाट…