२७ कार्तिक २०८१, मंगलबार । November 12, 2024

खेलकुद

पोर्चुगलको जितमा रोनाल्डोका चार गोल


२५ भाद्र २०७६, बुधबार ००:००

0
Shares


स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको चार गोलको सहयोगमा पोर्चुगलले युरो कप छनोटमा लिथुआनियामाथि फराकिलो जित निकालेको छ । लिथुआनियाको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रोनाल्डोको ह्याट्रिकसहित ४ गोल गरेपछि पोर्चुगलले ५–१ को सानदार जित निकालेको हो ।
घरेलु टोलीविरुद्ध खेलको शुरुवातदेखि नै हावी बनेको पोर्चुगलले खेलको सातौ मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट खेलमा अग्रता बनाएको थियो । मिकोलिउनासले जोओ फेलिक्सलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरे । २८औं मिनेटमा भेटाउटास एन्ड्रियुसकेभिसले बराबरी गोल फर्काउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

६२औं मिनेटमा राफा सिल्भाको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल खेलमा २–१ ले अघि बढ्यो । त्यसको तीन मिनेटपछि नै बर्नाडो सिल्भाको पासमा रोनाल्डाले ह्याट्रिक पूरा गर्दा पोर्चुगल खेलमा ३–१ ले अघि बढ्यो । रोनाल्डोको गोल यतिमै रोकिएन । रोनाल्डोले ७६औं मिनेटमा बर्नाडोकै पासमा चौथो गोल गरे । अन्तिम मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई ५–१ को फराकिलो जित दिलाए ।
-एजेन्सीको सहयोगमा

प्रकाशित : २५ भाद्र २०७६, बुधबार ००:००