१९ कार्तिक २०८१, सोमबार । November 4, 2024

खेलकुद

फिफा वर्ष खेलाडी ‘द बेस्ट’ अवार्ड मेस्सीले चुम्यो



बार्सिलोना एवं अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले यस वर्षको फिफा ‘द बेस्ट’ अवार्ड हात पारेका छन् । उनले निकटतम प्रतिन्द्वन्द्वी क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै यस सफलता हात पारेका हुन् ।

मेस्सीले यो उपाधि आफ्नो करीअरमा छैटौं पटक जितेका हुन् । यसअघि उनले २००९ देखि २०१२ सम्म लगातार र २०१५ मा जितेका थिए । गतवर्ष भने उनी शीर्ष ३ मा पनि परेका थिएनन् । मेस्सीले गतवर्ष बार्सिलोनालाई ला लिगा उपाधि दिलाउनुका साथै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएका थिए । उनले यसक्रममा ५८ खेल खेल्दै ५४ गोल र २० असिस्ट दिएका थिए ।

मेस्सीले अवार्ड जितेपछि विशेष दिन रहेको भन्दै खुसी व्यक्त गरे । ‘मलाई यसको हकदार बनाउने सबैलाई धन्यवाद दिन चाहन्छु । मेरो लागि व्यक्तिगत उपाधि भन्दा टोलीको सफलता महत्त्वपूर्ण छ,’ उनले थपे, ‘ आज विशेष दिन हो । मेरो पत्नीसँगै छोराहरु पनि पहिलोपटक यहाँ आएका छन् । उनीहरुसँग यो खुसी बाँड्न पाउँदा निकै खुसी छु । उनीहरुलाई फुटबल एकदम मनपर्छ र लजाएर सबैलाई हेरिरहेका छन् ।’

यससँगै फिफाले प्रदान गर्ने यस अवार्ड मेस्सीले सर्वाधिक छैटौं पटक जितेका छन् । उनीपछि रोनाल्डोले ५ पटक र हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका जिनेदिन जिदानले ३ पटक उपाधि हात परेका छन् ।

प्रकाशित : ७ आश्विन २०७६, मंगलबार ००:००