२९ आश्विन २०८१, मंगलबार । October 15, 2024

खेलकुद

साविक विजेता म्यान सिटी नर्विचसँग स्तब्ध


२९ भाद्र २०७६, आइतबार ००:००

0
Shares


कठमाडौं, २९ भदौ । इंग्लिस प्रिमियर लिगअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटी नर्विच सिटीसँग स्तब्ध बनेको छ । सिटी यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नर्विचसँग ३–२ ले स्तब्ध बनेको हो ।
सिटीलाई स्तब्ध बनाउन केन्नी म्याकलिन, टोड क्यान्टवेल र टिमु पुक्कीले गोल गरे । सिटीका लागि सर्जियो अगुइरो र रोडले गोल फर्काए ।
क्यारो रोड नर्विचमा भएको खेलमा घरेलु टोलीले खेलको १८औं मिनेटमा इमिलियानोको पासमा केन्नीको गोलबाट अग्रता लिएको थियो ।

२८औं मिनेटमा टोड क्यान्टेवलले पुक्कीको पासमा गोल गर्दाै शुरुवाती ३० मिनेटभित्र डिफेन्डिङ च्याम्पियनविरुद्ध २–० को अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा अगुइरोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।


दोस्रो हाफको शुरुमै टिमु पुक्कीले इमिलियानोको पासमा गोल गर्दा घरेलु टोलीले ३–१ को अग्रता लियो । ८८औं मिनेटमा रोड्रीले जेससको पासमा गोल गरेपनि सिटीले २–३ को हार बेहो¥यो ।

जारी लिगमा सिटीको यो पहिलो हार हो । हारका बाबजुद पनि सिटी १० अंक जोडेर दोस्रो स्थानमा यथावत छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा ५ अंकले पछि परेको छ । दोस्रो जित निकालेको नर्विच ६ अंकसहति १२औं स्थानमा छ ।

प्रकाशित : २९ भाद्र २०७६, आइतबार ००:००