
काठमाडौं, २७ भदौ । नेपाली महिला राष्ट्रिय फुटबल टोली किर्गिस्तानमा भएको नादेझ्दा कपको उपविजेता भएको छ । बिहीबार भएको उपाधि भिडन्तमा नेपाल उज्बेकिस्तानसँग ३–२ ले पराजित हुँदै उपविजेतामा सीमित भयो ।
उज्बेकिस्तानले खेलको ३९ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको उज्बेकिस्तानले दोस्रो हाफको सुरुवातमै अग्रता अझै बढायो । नेपाली डिफेन्स पोजिसनमा नरहेको फाइदा उठाउँदै उज्बेकिस्तानले ५४ औं मिनेटमा अग्रता दोब्बर पार्यो । ६४ औं मिनेटमा उज्बेकिस्तानले ३–० को अग्रता लियो ।
नेपालका लागि सावित्रा भण्डारीले ६७ औं मिनेटमा गोल फर्काइन् । ् । सरु लिम्बुसँगको उत्कृष्ट वन–टु पासमा बढेको मुभलाई सावित्राले सदुपयोग गर्दै पेनाल्टी क्षेत्रभित्रबाट गोल गरिन् । इन्ज्युरी समयको पहिलो मिनेटमा सावित्राले पेनाल्टीमा गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । तर, थप समयमा गोल हुन नसक्दा नेपाल उपविजेतामा सीमित भयो ।
प्रतिक्रिया