काठमाडौं। गोल्डेन एथलेटिक्स मीट – २०२१ हुने भएको छ। यही फागुन २९ गतेदेखि काठमाडौंको दशरथ रंगशालामा हुने भएको छ।
प्रतियोगितामा महिला र पुरुष सिनियरतर्फ पाँचवटा र जुनियरतर्फ तीनवटा इभेन्ट हुनेछन्।
आयोजकले जनाएअनुसार सिनियरतर्फ १००, २००, ४००, ८०० र तीन हजार मिटर दौड हुनेछ।
जुनियरतर्फ १००, ४०० र ८०० मिटर दौड हुने छ।
प्रतियोगितामा प्रथमले सात हजार, द्वितियले पाँच हजार र तृतीयले तीन हजार रूपैयाँ पुरस्कार जित्नेछन्।
उत्कृष्ट नजिता प्रदर्शन गर्नेहरू पनि पुरस्कृत हुने भएका छन्।
प्रतियोगिता काठमाडौं, ललितपुर र भक्तपुर एथलेटिक्स संघले आयोजना गर्न लागेका हुन्।
प्रतियोगिताको संयोजन भने प्रो स्पोट्र्स प्रा.लि. ले गर्ने भएको हो।
प्रतिक्रिया