१९ माघ २०८१, शनिबार । February 1, 2025

पर्यटन

पर्यटन बोर्डमा १३ वर्षपछि उपाध्यक्ष, नियुक्त भए चन्द्रप्रसाद रिजाल


२० फाल्गुन २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं। नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्य चन्द्रप्रसाद रिजाल उपाध्यक्षमा नियुक्त भएका छन्।

रिजालको नियुक्तिसँगै बोर्डले १३ वर्षपछि उपाध्यक्ष पाएको छ। बोर्डको कार्यकारी समिति बैठकले हिजो उपाध्यक्ष पदमा नियुक्त गरेको हो। उनी टानका पूर्वअध्यक्ष समेत हुन्।

२०६४ कात्तिक २२ गते पर्यटन व्यवसायी प्रकाश श्रेष्ठको अवधि सकिएपछि उपाध्यक्ष पद रिक्त थियो।

नवनियुक्त उपाध्यक्ष रिजाल गत माघ २३ गते कार्यकारी समति सदस्यमा नियुक्त भएका थिए।
उनीसँगै दावाङिमा शेर्पा र कृष्णकुमार शाह पनि नियुक्त भएका थिए।

बोर्डको अन्य कार्यकारी सदस्यहरूमा विप्लव पौडेल र पम्फा धमला रहेका छन्।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार ००:००