२३ माघ २०८१, बुधबार । February 5, 2025

Uncategorized

कानुन र नजीरको आधारमा यथाशीघ्र नेकपा विवाद निरूपण गर्न पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह


२० फाल्गुन २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं। पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद निरूपणको निर्णय यथाशीघ्र गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरूङले प्रेस विज्ञप्तीमार्फत आयोगलाई उक्त आग्रह गरेको हो।

प्रचलित कानुन र स्थापित नजीरहरूको आधारमा निरूपण गर्नुपर्नेमा उनीहरूको जोड छ।

आयोग निर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पार्न सक्ने असरलाई समेत विचार गर्नुपर्ने उनीहरूले औंल्याएका छन्।

राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको भनि निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरूले गम्भीर बनाएको पनि बताएका छन्।

नेकपाको ओली र प्रचण्ड समूहबीच पार्टीको आधिकारिकता विवाद छ।

हिजो प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठकले आयोगले प्रचलित कानुनअनुसार विवाद निरूपण गर्न गरेको ढिलाइप्रति खेद प्रकट गरेको छ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार ००:००