काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा एफसी बीच प्रतिस्पर्धा हुदैछ ।
शुक्रबार साझ ५ बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पहिलो सेमिफाइनल खेल हुने र केपी ओली कप फुटबल च्याम्पियनसिपको बाँकी खेल पनि सोहि रंगशालामा हुने आयोजकले जनाएको छ ।
शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा केपी एफसी र मछिन्द्र एफसी बीच खेल हुनेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितमा ९ टोलीले सहभागिता जनाएका छन् ।
१६ फाल्गुन २०८१, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया