१६ फाल्गुन २०८१, शुक्रबार । February 28, 2025

Breaking

राष्ट्रपति पौडेलल तथा प्रधानमन्त्री ओलीद्वारा ग्याल्पो ल्होसारको शुभकामना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधामन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका नेताहरुले समेत शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसार लगायत यस्ता चाड पर्वहरूले पारिवारिक माया, सामाजिक सद्भाव एवम् एकता कायम राख्न योगदान गर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार शुभकामना सन्देश मार्फत तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होसार मनाउने गरेको उल्लेख गर्दै ग्याल्पो ल्होसारको अवसरमा सम्पूर्णमा शुभकामना दिएका छन् ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी आज मनाइँदै छ ।

प्रकाशित : १६ फाल्गुन २०८१, शुक्रबार ००:००