२३ माघ २०८१, बुधबार । February 5, 2025

समाचार

प्रधानमन्त्री : देशको समृद्ध सपना पुरा गर्छौ


२१ फाल्गुन २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठासाथ अघि बढिरहेको बताएका छन् ।

झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा शुक्रबार श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनको नेतृत्व गर्दा होस् वा प्रधानमन्त्रीका रुपमा राज्य सञ्चालन गर्दा होस्, आफू जनताको जीवनमा समृद्धि, समानता, सामाजिक न्याय र सुखका साथ मुलुकको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सक्रिय भएर लाग्ने स्पस्ट पारेका छन् ।

उनले नेपाल कम्युनिष्ट पार्टी नेकपा को सरकारले मुलुकमा तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै शहीदको सपना साकार पार्ने काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार ००:००