पाँचथरको फालेलुङ गाउँपालिकाको प्रशासकीय भवन र पाँच शैयाको आधारभुत अस्पतालको शनिबार उद्घाटन भयो ।
पाँचथरको दुर्गम मानिएको फालेलुङ गाउँपालिका ३ स्थित थकेपुङमा निमार्ण सम्पन्न प्रशासकिय भवन र सोही वडाको नाम्लुवा भञ्ज्याङमा निमार्ण भएको पाँच शैयाको आधारभुत अस्पतालको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रि प्रदिपकुमार पौडेलले गर्नु भएको हो । उद्घाटन कार्यक्रममा आप्mनो शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथी पौडेलले अस्पताल बन्नु ठूलो कुरा होईन त्यो अस्पतालबाट यहाँका नागरिकले पाउने सेवा सुबिधा र यहाँ उपलब्ध हुने जनशक्ति र यन्त्र उपकरण मुख्य कुरा हो यो अस्पतालमा एक जना डाक्टर र अल्ट्रासाउन मेशिन उपलब्ध गराउने प्रतिबद्धता मन्त्रि पौडेलले ब्यक्त गर्नु भयो ।
मन्त्रि पौडेलले हामी कहाँ सेवा सुबिधाको खोजीमा बसाईसराई जाने समस्या निकै डरलाग्दो रहेको छ ती नागरिकहरुलाई रोक्न उनीहरुको आधारभुत आवश्यकता पुरा गर्ने बिकास चाहिएको छ । गाउँ गाउँमा मोटर बाटो आएर शहरको समान गाउँमा आईपुग्नुलाई मात्र बिकास मान्न नहुने त्यो समान ल्याउँने मोटरबाट गाउँमा उत्पादन भएका नगदे बाली फलफुल तरकारी शहर पठाउने काम भए मात्र बिकास मान्न सकिने बताउनु भयो । मन्त्रि पौडेलले अहिले हामी पर निर्भतामा आश्रित छौं अब आत्मानिर्भता तिर लाग्नु पर्छ अबको समृद्धी कुषिमा देखिएको हुनाले स्थानीय तहको सरकारले कुषिलाई प्राथमिकतामा राखेर कार्यक्रम तथा ओजना बनाउनु पर्ने बताउनु भयो मन्त्रि पौडेलले भवन कत्रो बन्यो भन्ने कुराले अर्थ राख्दैन त्यो भवनमा रहने ब्यक्तिले नागरिकहरुलाई कति सेवा सुबिधा दिएको छ त्यो बिषय महत्वपुर्ण हुने बिचार राख्नु भयो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्ने अधिकाशँ बक्ताहरुले गत असोज महिनामा आएको बाढी पहिरोले यस गाउँपालिकाको भौतिक संरचनामा पुर्याएको क्षतिको पुणनिमार्णका लागि संघिय सरकारले सहयोग गर्नु पर्ने बिचार राख्नु भएको थियो ।
कार्यक्रममा पुर्व प्रदेश सभासदस्य सिता थेबे, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे फाल्गुनन्द गाउँपालिका प्रमुख बुजाहाङ आङदेम्बे,हिलीहाङ गाउँपालिकाका प्रमुख समरबहादुर अधिकारी नेकपा एमाले पाँचथरका अध्यक्ष बिष्णुप्रसाद सापकोटा नेपाली काग्रेसका सभापति रुपना।ायण जबेगु पाँचथरका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइराला झापा काग्रेसका सभापति देउमान आङदेम्बे लगायतका ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो ।
५ शैयाको सो आधारभुत अस्पताल संघिय सरकारको ५ करोड ९८ लाख १५ हजार ६ सय ७१ रुपैंया र गाउँपालिकाको ६ करोड ३ लाख ८७ हजार ४ सय ४३ रुपैंया गरी १२ करोड २ लाख ३ हजार १ सय १४ रुपैंयाको लागतमा खानी एपेक्स कुवर जेभिले निमार्ण गरेको गाउँपालिकाका अध्यक्ष बीरबिक्रम थाम्सुहाङले बताउनु भयो ।
यस्तै गाउँपालिकाको प्रशासीकय भवन दुई फेजमा गरी गाउँपालिका,संघिय सरकार र प्रदेश सरकारको गरी कुल ६० करोड ६५ लाख १ हजार ५ सय ३ रुपैंयामा पहिलो फेज खानी एपेक्स कुवँर जेभिले र दोस्रो फेजमा कमल कन्ट्रक्सन प्रा लि पाँचथरले निमार्ण गरेको फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन योङयाले बताउनु भयो ।
कार्यक्रममा सो गाउँपालिकालाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्ति संघ सस्था अनि गापालाई खेलकुद शिक्षा सामाजिक क्षेत्र अनि सो पालिकाका उत्कृष्ट ककर्मचारी लगायतका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम फालेलुङ गाउँपालिका अध्यक्ष बीरबिक्रम थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया