काठमाण्डौ । पाँचथर जिल्ला जन्मघरभई काठमाण्डौ उपत्यकामा बसोबास गर्ने पाँचथरेलीहरुको साझा सामाजिक संस्था पाँचथर समाज, नेपालको अध्यक्षमा लक्ष्मीराज तावा निर्वाचित भएका छन् ।
काठमाण्डौमा भर्खरै सम्पन्न समाजको पाँचौ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भूमिका लिम्बू, उपाध्यक्षहरुमा सुनिता कुरुङमाङ, वाशुदेव अधिकारी, देवि काफ्ले, शान्ता बास्कोटा र दिलिप आङ्बो निर्वाचित भएका छन्।
त्यस्तै महासचिव हर्क दाहाल, सचिव खिम सेलिङ र रामकाजी बान्तवा, कोषाध्यक्षमा निषा तुम्बापो सेन्दाङ र सहकोषाध्यक्षमा कमलचन्द्र तामाङ निर्वाचित छन् । नव निर्वाचित २१ सदस्य समितिको केहि सदस्य मनोनित हुन बाँकी रहेको सचिव खिम सेलिङले जानकारी दिए ।
राजधानीमा रहेका पाँचथरेलीहरुको साँझा चौतारीका रुपमा रहेका समाजले संसारभरी जनसुकै कुनामा रहेका पाँचथरेलीहरुको दुःख सुःखमा साथ दिदै आएको सचिव सेलिङले उल्लेख गरे ।
प्रतिक्रिया