काठमाडौं । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज देशभरका क्याम्पसहरुमा संगठन दर्ता हुदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सोमबार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ ।
त्रिभूवन विश्वविद्यालयले २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका सार्वजनिक गरेको छ । २५ फागुनमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित हुनेछ ।
निर्वाचनका लागि २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गरिनेछ ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुन रहेको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ ।
उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुनलाई तोकिएको छ ।
प्रतिक्रिया