१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मनोरञ्जन

अञ्जुको दोस्रो विवाह थीर कोइरालासँग


१२ फाल्गुन २०७७, बुधबार ००:००

0
Shares

काठमाडौं। चर्चित गायिका अञ्जु पन्त फेरि वैवाहिक बन्धनमा बाधिएकी छिन्।

उनी आज थीर कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएकी हुन्।

उनीहरूले चर्चमा गएर विवाह गरेका हुन्। दुवै क्रिस्चियन धर्मका अनुयायी हुन्।

विवाह समारोहमा अञ्जुले सीमित आफ्ना आफन्तहरूलाई मात्र निम्त्याएकी थिइन्।

एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गराएका हुन्।

विवाह भएसँगै अञ्जुले “धेरै मायाँ नदेउ मलाई” बोलको गीतमा टिकटक बनाएर सार्वजनिक गरेकी छिन्।

भिडियोमा अञ्चुलाई खानेकुरा खुवाउँदै गरेको देखिन्छ।

यसअघि अञ्जुको विवाह गायक तथा संगीतकार मनोजराजसँग भएको थियो। उनीहरूको छोरी परितोसिका छिन्।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार ००:००