९ फाल्गुन २०८१, शुक्रबार । February 21, 2025

Breaking

सिवा कला तथा साहित्यिक महोसत्व शुरु


९ फाल्गुन २०८१, शुक्रबार ००:००

0
Shares

शिक्षा,स्वास्थ्य,संस्कृतिर साहित्यलाई सम्मान समृद्ध सिवाको लागि हाम्रो अभियान भन्ने नाराका साथ सिवा साहित्यिक साँस्कृतिक महोत्सव तथा अर्थबाज आमन्त्रित अन्तरपालिका भलिबल प्रतियोगिता २०८१ शुबmबार शुरु भयो ।

फिदिम नगरपालिका वडा न. ६ सिवाको आयोजनामा शुरु भएको सो महोत्सवको उद्घाटन प्रमुख अतिथी प्रदेश १ का माननिय सदस्य मैया श्रेष्ठ लावतीले गर्नु भयो । कार्यक्रममा फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने फिदिम नगरपालिका वडा न. ५ का वडा अध्यक्ष बिभिन्न राजनितिक दलका प्रमुख एबंम प्रतिनिधीहरुको उपस्थिती रहेको थियो कार्यक्रम आगामी फागुन ७ गते सम्म सञ्चालन हुने सो महोत्सवमा साहित्यिक कार्यक्रम बिभिन्न जातजातीको सास्कृतीक झाकी समेत प्रदर्शन गरिने अध्यक्षम तुम्रोकले बताउनु भयो ।

महोत्सवको अवसरमा हुने अर्थबाज आमन्त्रित पालिका स्तरिय भलिबल प्रतियोगितामा पाँचथरको मिक्लाजुङ गाउँपालिका फाल्गुनन्द गाउँपालिका, आयोजक फिदिम ६ सिदिङवा गाउँपालिका ताप्लेजुङ,फेदाप गाउँपालिका तेह्रथुम,पाँचखपन गाउँपालिका संखुवासभा,भद्रपुर नगरपालिका झापा,दमक नगरपालिका झापा,शिबसताक्षी नगरपालिका झापा,बेलबारी नगरपालिका मोरङको  टिमको सहभागी हुने खेल संयोजक तेजु तुम्रोकले बताउनु भयो । सो प्रतियोगितामा बिजयी हुने टिमले नगद १ लाख १ हजार १ सय ११ नगद र ट्रफी र उपबिजेताले नगद ७० हजार १ सय ११ पुरस्कार पाउने संयोजक तुम्रोकले बताउनु भयो । प्रतियोगितामा ब्यक्तिगत बिधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्रदान गरिने वहाँले बताउनु भयो ।

कार्यक्रममा लिम्बु जातिको केलाङ, राई जातीको साकेला मगर जातीको हुर्रा नृत्यको प्रतियोगिता समेत हुने प्रचार प्रसार संयोजक गणेश तुम्रोकले बताउनु भयो कार्यक्रममा बिभिन्न भाषाको कबिता बाचन तथा साहित्यिक कार्यक्रम समेत आयोजना हुने आयोजक समितिका संयोजक बिपन तुम्रोकले बताउनु भयो ।

महोत्सवको अवसरमा आयोजना भएको अर्थबाज पालिका स्तरिय भलिबल प्रतियोगितामा उद्घाटन खेलमा मिक्लाजुङ गाउँपालिको फाल्गुनन्द गाउापालिकालाई र शिबसताक्षी नगरपालिकाले आयोजक फिदिमलाई पराजित गरेको छ । यसै गरी शनिबार भएको खेलमा पाँचखपन नगरपालिका संखुवासभाले दमक नगर पालिका झापालाई पराजित गरेको छ भने दमक नगरपालिका झापाले मिक्लाजुङ गाउँपालिका पाँचथरलाई पराजित गरेको छ ।

प्रकाशित : ९ फाल्गुन २०८१, शुक्रबार ००:००