काठमाडौं । पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा पशुपतिनाथको दर्शन गर्न आउनेलाई सहज बनाउन आठ उपसमिति बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति बनेको छ । यस बर्ष २० लाखले दर्शन गर्ने अनुमान गरिएको छ ।