काठमाडौं, ९ बैशाख । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुग्नुभएका डब्लुएचओका महानिर्देशक गेब्रेयससले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भेटघाट गर्नुभएको हो। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले डब्लुएचओको महत्वपूर्ण जिम्मेवारी…