काठमाडौं ५ माघ । सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि चुमेको छ ।
बुधबार दिउँसो भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो ।
उपाधि चुमेको एपिएफले नगद पाँच लाख प्राप्त गरेको छ भने उपविजेता पुलिस क्लबले तीन लाख प्राप्त गरेको छ ।
किर्तिपुर क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।
प्रतिक्रिया