दोलखा । पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । तामाकोशी नदीमा माछा मार्न गएको बिगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो । गए राति माछामार्न तामाकोशी जाँदै गर्दा आएको पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका अन्य तीन जनाले भागेर बचेको प्रहरीले जनाएको छ ।