बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् ।
तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि आज बिहान लुच २८४९ नंको जीपमाथि ढुङ्गासहितको पहिरो खसेको थियो । पहिरोमा परि चालकसहित तीन जना घाइते भएका छन् ।
घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पहिरोले जीपको अगाडि भागमा पूर्णरुपले क्षति पुगेको स्थानीय जनाएको छ ।
प्रतिक्रिया