३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्दै कांग्रेस


३ फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको जिल्ला कार्य समितिहरूले आज देशव्यापी प्रदर्शन र विरोधसभा गर्दै छ।

माघ १३ गते बसेको पार्टीको केन्द्रीय कार्य समितिको निर्णयअनुसार जिल्ला कार्य समितिहरूले एकैदिन प्रदर्शन गर्ने भएको हो।

विरोधसभालाई सम्बन्धित जिल्लाको पार्टीको शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले हिजो पार्टीका सबै नेता कार्यकर्तादेखि लोकतन्त्रवादीहरूलाई प्रदर्शन र विरोधसभामा सहभागिताका लागि अपिल गरेका थिए।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादतर्फ उन्मुख कदम भनेको कांग्रेसले यसअघि भातृ संस्थाहरूमार्फत माघको १९ गते र शुभेच्छुक संगठनहरूमार्फत माघको २४ गते प्रदर्शन गरिसकेको छ।

त्यसअघि पनि सबै संसदीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, स्थानीय तह र स्थानीय तहको वडा तहसम्मै कांग्रेसले प्रदर्शन र विरोधसभा गरिसकेको छ।

सरकारले गत पुस ५ गते ताजा जनादेशका लागि भन्दै प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस निरन्तर आन्दोलनमा छ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००