१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Breaking

प्रचण्ड : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सुधार्न सकिएन


२६ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ २६ माघ ।  नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादल केही समयपछि आफ्नो समूहमा फर्किने आशा व्यक्त गरेका छन् । आइतबार राति एक टेलिभिजन अन्तरवार्तामा प्रचण्डले सो कुरा उल्लेख गरेका हुन् ।

यस अघि पनि आफ्नो पार्टीबाट अलगिएर फर्किएको भन्दै अध्यक्ष दाहालले फेरि पनि आफ्नो समूहमा आउने कुरामा आशावादी रहेको प्रष्ट पारेका हुन् ।

यस्तै दाहालले पछिल्लो राजनीतिक घटनाक्रमको आफूले नैतिक जिम्मेवारी लिने बताएका छन् । उक्त टेलिभिजनसँगको कुराकानीमा उनले आफूहरूबाट पनि केही कमि कमजोरी रहेको बताएका छन् । केपी ओलीले गरेको खराव कामका कारण आफुहरु बाध्य भएर सडकमा जानु परेका पचण्डको जिकिर छ ।

उनले आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सुधार्न नसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले आफूहरूसंग प्रतिस्पर्धा गर्न नसक्ने पनि बताएका छन् ।

प्रकाशित : २६ माघ २०७७, सोमबार ००:००