१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Uncategorized

लोकेन खतिवडाका तीन मुक्तक


२३ माघ २०७७, शुक्रबार ००:००

0
Shares

मुक्तक १)

यो ज्यान हजुरकै चाह हजुरकै !!

यो मनमा माया अथाह हजुरकै !!

के नै भन्न सक्छु र म आफ्नो बारे,

प्रेम गर्नुस् नगर्नुस् निगाह हजुरकै !!

मुक्तक २)

कतै घाउ कतै खत सम्झेर

बसेको छु उही बिगत सम्झेर

निर्दोष सम्बन्धहरू यत्तिकै सकिए

एकले अर्कोलाई गलत सम्झेर !!

मुक्तक ३)

हर रात भिजेकोछ परेली कसैको !

कसरी सुख्खा रह्यो तरेली कसैको ?

सपनाहरू किन्नकै लागि डेरा बसेको हूँ

उता जोखिममा परेको छ घडेरी कसैको !!

लोकेन खतिवडा काठमाडौँ

प्रकाशित : २३ माघ २०७७, शुक्रबार ००:००