२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मुख्य खबर

लागूऔषधसहित तीनजना पक्राउ


१५ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाण्डौ १५ माघ ।  काठमाडौंको टेकुस्थित कालोपुल नजिकैबाट प्रहरीले लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १२३ थान नाइट्रोभेट, ३० एम्पल डाइजेपाम, ३० एम्पल फेनारगन, ३० एम्पल नुफिन, दुई बोतल कोरेक्स बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको स्वयम्बु बस्ने १९ वर्षीय सुशिल नेपाल, सिन्धुपाल्चोक साँगाचोक गढी घर भई सोही ठाउँ बस्ने २४ वर्षीय सन्दिप तामाङ र महोत्तरीको खैरमारा नगरपालिका घर भई सोही ठाउँ बस्ने २४ वर्षीय निशान तामाङ रहेको प्रहरीले जनाएको छ ।
बुधबार राति बा २ ज २०६५ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जानकारि दिएको छ ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार ००:००