काठमाडौँ ७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठक मंगलबार बेग्लाबेग्लै समयमा बस्ने तयारि गरेको छ । ।
सत्तारूढ दल नेकपाभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केन्द्रीय कार्यसमिति बैठक राखेका छन्।
प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य दिउँसो १ बजे थापाथलीस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बस्दैछन्।
ओली पक्षका केन्द्रीय सदस्यलाई बिहान ९ बजे बालुवाटार बोलाइएको छ।विरोध बढ्दै गएकोले यी दल विभाजनको संघारमा पुगेको बताइन्छ।प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै आएको छ ।कांग्रेसले सोमबार नेकपाका प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र जसपाका अध्यक्ष महन्थ ठाकुरलगायत दुई दलसँग संयुक्त बैठकसमेत गरेको थियो।
दलका नेताहरूले आज बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने सहमति गरेका छन्।कांग्रेसले आज दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।
थप कार्यक्रमबारे आज मध्यान्ह बाह्र बजे बस्ने केन्द्रीय कार्यकारिणी बैठकबाट घोषणा गरिने जसपाले जानकारि दिएको छ ।
प्रतिक्रिया