गणेश साम्पाङ/ पाँचथर
घरमा पालिएका पशुहरुको लागि परिचय पत्र दिइन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ तर पाँचथरको याङवरक ३ ओयामका पशुपालक कृषकलाई भने वडाले चौपायाको परिचय पत्र दिएको छ ।
पशु पालन ब्यबसाय यस क्षेत्रको लागि आम्दानीको स्रोत हो । पशु धन सुरक्षित गर्नका लागि पशु स्वस्थ हुनु पर्छ । पशु जन्य खाद्य बस्तु दुध,दही,घिउ र मासु पनि स्वस्थ र शुद्ध हुनु जरुरी छ । त्यस्का लागि हामीले पालेका चौपायाहरुको स्वास्थ्य सम्बन्धि अबस्था बुभ्mन पशुपालक सबै कृषकलाई परिचय पत्र प्रदान गरेका हौं याङवरक ३ का वडा अध्यक्ष बिमल राई बताउनु हुन्छ ।
वडा न.३ मा रहेका ७ सय ५० घर मध्ये ९७ प्रतिशत घरमा परिचय पत्र दिइएको छ । वडामा १ जना पशु प्राविधिक छन उनले ३ महिनामा एक पटक सबैको घरमा पुगेर चौपायाको अबस्था कस्तो छ कुनै रोग लागेको छ की छैन छ भने कुन औषधी दिइयो सबै बिबरण परिचय पत्रमा उल्लेख गर्नु पर्छ ।
किशानले कार्ड पाए पछि प्राबिधिक आउने क्रम बढेको छ, पहिला पहिला त प्राविधिक कस्तो हुन्छ देख्न पाइन्दैनथ्यो । अहिले भने प्राविधिक आउँछन पशुहरु बिरामी भयो भने औषधि लेखि दिन्छन सामान्य खालका बिरामी पशुका लागि औषधि दिन्छन अलिक ठूलो रोग छ भने किन्नु पर्छ । प्राविधिक घरमा आएर पशुहरुको रोग चेक जाँच गर्छन याङवरक ३ ओयामका ७८ बर्षिय किशान बालकृष्ण गुरुङ भन्नुहुन्छ । वडाले परिचय पत्र दिए पछि प्राविधिक सित भेट हुने मौका पनि मिल्यो गाई बाख्रामा देखिएका रोग देखाउन पनि सकिने भयो परिचय पत्रले किशानलाई सजिलो बनाई दियो ।
गाउँमा ब्यबसायीक रुपले पशुपालन गर्ने किशानहरु कम भए पनि दुई चार वटा पशु सबैले पालेका छन । धेरैले स्थानीय जातका चौपाया पालेका छन केही केही घरमा उन्नत जातका चौपाया पनि छन । हावा पानी र यहाँ भएका बनजंगलको अबस्था हेर्दा यो वडा पशुपालनको लागि निकै सम्भावना बोकेको वडामा पर्छ । यस्तो सम्भावित वडामा पशुपालक कृषकका लागि चलाइएको पशु चौपाया परिचय पत्र कार्यक्रमले किशानले घर दैलो मै सेवा पाउने गरेको सो वडाका पशु प्राविधिक रामकुमार राई बताउनु हुन्छ ।
वडाले पशुपालक कृषकहरुलाई सेवा दिनका लागि पशु परिचय पत्र बितरण गरे पछि प्राविधिक गाउँमै बस्छन गाईबस्तु बिरामी भयो भने बेलुका पनि उपचार गर्न आउँछन राम्रो ब्यबस्था वडाले गरि दियो आफुले पालेको गाई ब्याउन नसक्दा प्राविधिक रातभर बस्नु भयो हामी खुश िछौं स्थानीय भिमरानी तावा भन्नुहुन्छ ।
मानिसले अस्पताल वा क्लिनिक गएर स्वास्थ्य सेवा लिनु पर्छ तर पशुका लागि भने घरैमा प्राविधिक आउँछन मानिसलाई भन्दा पशुले सहज रुपमा सेवा पाउन थाले वडाको यो कार्य प्रभावकारी मात्र होइन नया र फरक प्रकारको छ स्थानीय कृषक बिन सेलिङ भन्नुहुन्छ ।
भूगोलको हिसाबले पनि ब्यबसायीक पशुपालनबाट फाइदा लिन सकिने सम्भावित वडा भएको र यहाँका धेरै परिवार पुर्ण ब्यबसायीक नभए पनि निर्वाहमुखी पशुपालन पेशामा लागेका छन । उनीहरुलाई ब्यबसायिक पशुपालन गरेर आर्थिक उपार्जन गर्न सक्ने बनाउन यो कार्यक्रमले सघाउ पुर्याउन सक्छ अब यो वडामा उन्नत जातका नभए पनि नश्लसुधार भएको पशुहरु कृषकका गोठहरुमा पुर्याउने साझेदारी कार्यक्रम आउने बर्षमा ल्याउने वडा कार्यालयले सोच बनाइरहेका छौं वडा अध्यक्ष राई भन्नुहुन्छ ।
कपशुहरुका लागि कृषकलाई दिइने पशु परिचय कार्ड सायद देशमै पहिलो हुन सक्छ यो नयाँ र पशुपालक कृषक प्रति सर्मपित कार्यक्रम प्रभावकारी अनुकरणीय बनाउन हाम्रो पनि जिम्मेवारी हो स्थानीय कृषकहरु भन्छन ।
२५ चैत्र २०८१, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया