१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Breaking

युवासंग युवा मन्त्री 



युवा गैर सरकारी संस्था महासंघ नेपालले सिंहदरवारमा आयोजना गरेको युवा संग युवा मन्त्री कार्यक्रमको आज एक समारोह बिच उद्घाटन भएको छ । युवा मन्त्री तेजुलाल चौधरीले कार्यक्रमको कार्यक्रमको सुरुवात गर्दै नेपालमा युवाहरु सकरात्मक सोचकासाथ अगाडी बढेमा मात्र नेपालले फड्को मार्न सक्ने बताएका छन् ।
महासंघले बार्षिकरुपमा आयोजना गर्दै आएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका पचास जना युवाहरुको सहभागितामा मन्त्रीलाई सिधै सवाल जवाफ गर्ने गरिन्छ । सोहीक्रममा दश जना युवाहरुले नेपालमा युवा मन्त्रालयको स्थापना र हालको अवस्थाबारेमा प्रश्नहरु गरेका थिए ।
सहभागि विशाल रोकाले युवा मन्त्रालयमा किन युवा मन्त्री नआएको होला भन्ने कडा प्रश्न गरेका थिए भने अर्का सहभागि लक्ष्मी अधिकारीले खेलकुदमा नेपालको अवस्था खस्केको बारेमा मन्त्रीको हिसावमा जवाफ माग गरेका थिए । सल्यानका सहभागि युवराज खड्काले युवाको पक्षमा युवा नीति बन्न नसकेको गुनासो मन्त्रीलाई गरेका थिए ।
समग्रमा युवा सहभागिले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले नेपालमा युवाको सम्वन्धमा धेरै काम भएको बताउदै आफु उमेरले युवा नरहे पनि युवा मनले काम गरीरहेको बताए । युवा र खेलकुद मात्र नभई उद्यमी बन्न र सकारात्मक सोचका साथ अगाडी बढ्नु पर्ने बताउदै आफु पनि खेलकुद क्षेत्रवाट नै आएको हुदा युवाका सवालमागंभिर रहेको बताए । खेलाडीको बिमा, खेलाडीको सन्ततीलाई कक्षा बाह्र सम्म निशुल्क शिक्षा प्रदान गर्नकोलागि सरोकारवाल निकायमा पहल गरीरहेको जानकारी दिदै मन्त्रालय र अन्र्तगत निकायको गतिविधिमा आफु सन्तुष्ट नरहेकोले सुधार्न जोड गरीरहेको समेत बताउदै आफु रहले युवा मन्त्री नभएको र युवा नै मन्त्री चाहिए प्रधानमन्त्रीलाई भन्न आग्रह समेत गरे ।
महासंघले संगठनमा उत्कृष्ट काम गरेका हिमा गाउपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाही, नुवाकोटका सुवन गिरी, युवा उद्यमी देविन क्षेष्ठ लगायतलाई सम्मान समेत गरेको थियो भने कार्यक्रमका अध्यक्ष नारायण गिरीले युवाहरुलाई राज्यले प्राथमीकता नदिएकाले बर्तमान मन्त्रीले ध्यान दिनु पर्ने बताए ।

प्रकाशित : १० माघ २०८१, बिहिबार ००:००