काठमाडौं । विप्लव नेतृत्वको नेकपासहितका चार पार्टीले आज घोषण गरेको बन्दको सामान्य प्रभाव परेको छ । आजको बन्दले विद्यालय र कलेजहरुको पठपाठन प्रभावित भएको छ ।
कतिपय विद्यार्थीहरु विहानै कलेज पुग्दा बन्द भन्दै फिर्ता भएका थिए भने केहीमा भने पठन पाठन भएका छन् ।
यस्तै स्कुलहरुले पनि धमाधम अभिभावकहरुलाई ‘विशेष परिस्थिति’ भन्दै विद्यालय बन्द रहने सूचना पठाएका छन् ।
गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लव सहितका नेताहरूमाथि भएको पक्राउ पुर्जी लगायतको विरोधमा मंगलबार बन्द आह्वान भएको हो ।
यसैबीच प्रहरीले उपत्यकासहित देशका विभिन्न ठाउँबाट बन्द गर्दे हिड्ने र गाडि तोडफोड गर्ने केहि कार्यकर्ता पक्राउ गरेको छ ।
प्रतिक्रिया