२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

मनोरञ्जन

केकी र कमल अभिनित डा.सुदीपको ‘लन्डन पेरिस’ सार्वजनिक  



गायक डा.सुदीप भट्टराईको नयाँ गीत ‘लन्डन पेरिस’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। डा.सुदीपको नै शब्द ,संगीत रहेको गीतको भिडियोमा अहिलेका ब्यस्त कलाकार केकी अधिकारी र कमल सिंहको अभिनय रहेको छ ।  
उत्तम हुमागाईको छाँयाकंन  र बिकाश धमलाको सम्पादन तथा रंग संयोजन रहेको भिडियोलाइ निकेश खड्काले निर्देशन गरेका हुन्  ।  गायक आफैले लेखेको भिडियोको कथा उत्कृष्ट बनेको देखिन्छ । भिडियोलाई गायकको अफिसियल युट्युब च्यानल “Sudip Bhattarai” मार्फत सार्वजनिक गरिएको छ। गायक डा.सुदीप भट्टराईको यसअघि सार्वजनिक ‘नै नै नै झापाली क्लब गीतलै दर्शकले धेरै मन पराएका थिए ।

प्रकाशित : १५ श्रावण २०७९, आइतबार ००:००