३० आश्विन २०८१, बुधबार । October 16, 2024

मुख्य खबर

रेडियो सोलु एफएमको कार्यालयमा आगलागी



काठमाडौँ । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ । सोमवार विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन ।

नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी, रेडियोका कर्मचारी, प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही, प्रहरी नायब उपरीक्षक दिनेश शर्मा, वडाध्यक्षलगायतको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार ००:००