२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

केही पहाडी भू – भाग र काठमाडौंमा पानी पर्ने सम्भावना



काठमाडौं। देशको पहाडी भू – भागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ।

मौसम बदली हुनेमध्ये एक ÷ दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पहाडी भू – भागको अन्य स्थानमा भने मौसम सफा हुने छ।

तर, हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागले बेलुकी पख काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ।

तराईका केही स्थानमा भने आज बिहानदेखि नै हल्का कुहिरो र हुस्सु लागेको छ।

प्रकाशित : १५ फाल्गुन २०७७, शनिबार ००:००