१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Uncategorized

प्रतिनिधिसभा बैठक यही फागुन २३ गते बोलाउन सिफारिस


१४ फाल्गुन २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बोलाउन मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बैठक बोलाउन सिफारिस गरेको बताए।

सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा पुनस्र्थापना गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउने सरकारलाई आदेश दिएको थियो।

सोहीअनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा बैठकका लागि मिति तोकेर सिफारिस गरेको हो।

राष्ट्रपति भण्डारीले आजै प्रतिनिधिसभाको बैठक बोलाउन सक्ने सम्भावना रहेको छ।

आह्वान गरिएपछि बस्ने प्रतिनिधिसभाको बैठकमा नयाँ सरकार गठनका लागि प्रयास हुने छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते ताजा जनादेशका लागि भन्दै अवधि पूरा नभई प्रतिनिधिसभा विघटन राष्ट्रपतिमार्फत गराएका थिए।

तर सर्वोच्चले ब्यूँउताएपछि प्रतिनिधिसभाको पहिलो बैठक बस्ने लागेको हो।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ००:००