२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

समाचार

औषधि विभागका अधिकृत घुससहित पक्राउ


१४ फाल्गुन २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ।

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’ बाट पक्राउ गरिएको हो।

करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा गएका हुन।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ००:००