२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

नेपाल – भारत सीमा सुरक्षा समिति बैठक झुलाघाटमा



काठमाडौं। नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बसेको छ। बैठक भारतको झुलाघाटमा बसेको हो।

बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवम् शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण, सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्नेलगायतका विषयमा पनि सहमति भएको छ ।

नेपालको तर्फबाट बैतडीका प्रनाउ अधिकारी, सशस्त्र प्रहरीका बैतडी प्रमुख गणेश शाह, भन्सार कार्यालयका प्रतिनिधि र भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बलका भाइस कमाण्डर आर के राजेश्वरी, भारतीय प्रहरीका प्रतिनिधि तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

अघिल्लो वर्षको फागुनमा बसेको समन्वय समितिको बैठक हरेक तीन–तीन महिनामा बस्ने निर्णय भएको भए पनि कोरोनाको कारणले एक वर्षपछि बसेको हो ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ००:००