२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

समाचार

टर्कीमा पुर्याइ आमा छोरी बेचेको आरोपमा दुई जना हिरासतमा


१३ फाल्गुन २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं। आमा र छोरीलाई टर्की पुर्याएर बेचविखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका जरङ्खु डेरा गरी बस्ने गोरखाको गोरखा नगरपालिका – १ का जीवन भट्ट र काठमाडौंको माछापोखरी डेरा गरी बस्ने बाग्लुङको ढोरपाटन नगरपालिका –४ कि पूर्णिमा सिर्पाली बस्नेत रहेकी छिन्।

भट्टलाई काठमाडौंको सोल्टीमोडबाट र बस्नेतलाई काठमाडौंको माइतीघरबाट मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलको प्रहरीले पक्राउ गरेको हो।

बस्नेत र भट्टले पीडितहरूलाई टर्कीमा राम्रो रोजगारीको प्रलोभन देखाइ १० लाख रूपैयाँ लिएपछि सम्पर्कविहिन भएको र केही समयपछि सम्पर्कमा आएर पीडितहरूले विदेश जाँदैनौँ भन्दै पैसा फिर्ता माग्दा नदिइकन टिकट लगायतका कागजातहरू वापत ५३ हजार रूपैंया लिएको र गत असोज २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्की पुर्याएको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ।

टर्कीमा बस्नेतको बुबाले काममा लगाइ दिने पनि उनीहरूलाई दिएको घटनाको अनुसन्धानमा संलग्न अधिकृतले जनाएका छन्।

तर, तीन हप्ता आफ्नै कोठामा राखेपछि पीडितमध्ये आमालाई ग्रीस पठाइ दिन्छु भन्दै कोठामै बन्धक बनाएको र छोरीलाई टर्कीको सीमा पुर्याएर दुई हजार लिरामा अन्य व्यक्तिलाई बिक्री गरेको पाइएको पनि अनुसन्धान अधिकारीले बताए।

यद्यपि उनीहरूले टर्कीस्थित नेपाली राजदूतावासको सम्पर्कमा गएको र दूतावासको समन्वयमा छोरीको गत मंसिर ८ गते र आमाको पुस २६ गते उद्दार भएको हो।

उद्दारपछि उनीहरूले दिएको उजुरीको आधारमा प्रहरीले भट्ट र बस्नेतलाई ब्यूरोले पक्राउ गरेको हो।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार ००:००