२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

गैंडा मारी खाग बिक्री गरेका मुद्दाका तीन प्रतिवादी पक्राउ



काठहमाडौं। गैंडा मारी खाग बिक्री गरेको मुद्दाका फरार तीनजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सल्यानको शारदा नगरपालिका – ५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका – १० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत तामाङ र रसुवाको नौकुण्ड गाँउपालिका –३ बस्ने ज्वाला भन्ने ३६ वर्षीय ज्ञानबहादुर रूम्बा रहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दाका फरार प्रतिवादीहरूलाई खोजी गर्ने क्रममा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पुरन रेउलेलाई काठमाडौंको धापासीबाट तथा आइत र ज्ञानबहादुरलाई सितापाइलाबाट पक्राउ गरेको हो।

उनीहरूले गैंडाको खाग ओसारपसार एवम् खरिद बिक्री गर्न प्रयोग गरेको ना.२ च १४५८ नम्बरको गाडी र एक थान हतकडीको चाबीसमेत प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक कानुनी कारबाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा, चितवनमा पठाइएको उक्त ब्यूरोले जनाएको छ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार ००:००