काठमााडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई पाँचथर सेवा समाजले कार्य सम्पादन राम्रो गरेर सफल मन्त्रीको रूपमा स्थापित भएकोमा बधाई ज्ञापन गरेको छ।
समाजले पाँचथरवासीको मात्रै नभएर समग्र देशवासीको मन्त्री नेम्बाङले सान बढाएको ठम्याएको छ।
समाजका कार्यवहाक अध्यक्ष सुरेन्द्रप्रसाद तिम्सिना नेतृत्वको पदाधिकारी र सदस्यहरू सम्मिलित टोलीले बुधबार मन्त्रालयमा भेटघाट गरी मन्त्री नेम्बाङलाई सम्मानपत्रसमेत प्रदान गरेको छ।
समाजमा समाजसेवामा क्रियाशील पाँचथरवासीहरूको संलग्नता छ।
सम्मानपत्र ग्रहणपछि बोल्दै मन्त्री नेम्बाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेपछि जिल्लाको समग्र विकासका लागि बजेटसहितको योजनाबारे समाजको प्रतिनिधि टोलीलाई जानकारी गराएका थिए।
उनले टोलीलाई जो जहाँ रहे पनि जिल्लाको विकासमा योगदान पुर्याउन आह्वान गरे।
कार्य सम्पादनको आधारमा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारका सर्वाधिक सफल मन्त्रीको रूपमा नेम्बाङलाई हेर्ने गरिन्छ।
प्रतिक्रिया