काठमाडौँ ९ फागुन ।प्रदिप अधिकारिको लयमा सिद्धार्थ आले मगर, सन्जय पुलामि प्रस्तुति “पिरति छ धेरै” बोलको गीत सार्बजनिक भएको छ ।
धादिंग जिल्लामा जन्मिएर हाल काठ्माण्डौ आफ्नो सांगितिक कर्मथलो बनाईरहेका प्रदिपले यस अघि पनि थुप्रै गितहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । उनि पहिलेका आफ्ना प्रस्तुतिलाई झै यस प्रस्तुतिलाई पनि आफ्ना श्रोता तथा दर्शकको तर्फबाट साथ प्राप्त हुने कुरामा बिस्वस्थ रहेका छन् ।
“पिरति छ धेरै” बोलको गितमा सिद्धार्थ आले मगर, सन्जय पुलामि र मेनुका परियारको सुमधुर स्वर सुन्न सकिन्छ । प्रदिप अधिकारिको लय र रमेश बि.जि को शब्द द्वारा सजिएको यस गितको म्युजिक भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् । नेपालि गीत संगितको म्युजिक भिडियो निर्देशनको पाटोमा निर्देशक दिपेन्द्र सफल मानिन्छन् ।
म्युजिक भिडियोमा बिमल अधिकारी, जिबेश सिंह गुरुङ्ग, गरिमा शर्मा र बिना बिस्वकर्माको अभिनय देख्न सकिन्छ । भिडियोलाई छायंकन, नवराज उप्रेति लगाएतले गरेका हुन् भने सम्पादन मनोज कार्किको रहेको छ ।
प्रतिक्रिया