काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पेटमा समस्या देखिएपछि उपचारका लागि आज भारत जाने भएका छन्।
दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उपचारका लागि जाने भएका हुन्।
उनी नेपाल वायु सेवा निगमको जहाजबाट जाने भएको उनका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले बताए।
डा. भट्टराईको साथमा पत्नी हिसिला यमी पनि हुनेछिन्।
उनले यसअघि काठमाडौंस्थित निदान अस्पतालमा उपचार गराएका थिए।
प्रतिक्रिया