काठमाडौं। संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चर्को आलोचना गरेका छन्।
अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाब दिने प्रधानमन्त्रीको मन्तव्य पदिय गरिमा विपरीत रहेको भन्दै शर्माले आलोचना गरेका हुन्।
ट्वीट गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्रीको पदीय गरिमा विपरीतको मन्तव्य पनि भनेका छन्।
१ नम्बर प्रदेशको राजधानी विराटनगरमा पार्टीले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले संसद् संविधानसम्मत विघटन गरेकोरले यदि पुनर्स्थापना भए आन्दोलन गर्ने बताएका थिए।
सोही अभिव्यक्तिपछि प्रवक्ता शर्माको टिप्पणी आएको हो। उनले न्यायलयको फैसला प्रधानमन्त्री ओलीले स्वीकार्छौं कहिल्यै नभनेको पनि आरोप लगाए।
प्रतिक्रिया