काठमाडौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गम्भीर विषय भएको बताएका छन्।
संसद् विघटनलाई सामान्य रूपमा लिन नसकिने बताए।
मोरङमा आज आयोजित कार्यक्रममा बोल्दै उनले संसद् विघटनलाई संविधानमाथिको अतिक्रमण भएको पनि बताए।
उनले भनेका छन्, “विघटन जानजानी देखादेखी हाक्का हाक्की संविधान माथिको अतिक्रमण हो।”
संसद् विघटनले देशलाई नोक्सानी बढी हुने गरेको बताए। पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्दा राजा ज्ञानेन्द्रले सत्ता हत्याएको र २०५१ सालमा संसद् विघटन गर्दा माओवादी जन्मिएको बताए।
यी परिघटनाले संसद् विघटनले देशलाई फाइदाभन्दा पनि नोक्सानी मात्रै हुने गरेको उनको भनाइ छ।
प्रतिक्रिया